Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौं – सुनको भाउले आइतबार (चैत ५ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य माघ १९ गते अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १३ सय १० रुपैयाँ कायम रहेको थियो

पछिल्लो समय अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकमा रहेको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि मूल्य बढेको अनुमान गरीएको छ । यससँगै विश्व आर्थिक मन्दीको हल्ला पनि चल्न थालेको छ । यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका छन् । यसबाट सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्यमा समेत चाप परेको विश्लेषकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया