Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ। आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको ब्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, प्रतिनिधि सभा सदस्यको १ स्थान रिक्त रहेको बेहोरा पनि सभामुखले जानकारी गराउनेछन्।

यस्तै, आइतबारको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ पेस गर्ने कार्यसूची छ।

आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने कार्यसूची छ।

 

तपाईको प्रतिक्रिया