काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच छलफल भएको छ । उनीहरूबीचको छलफल खनाल निवास डल्लुमा भएको हो । छलफलमा विप्लवको साथमा उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि थिए ।
करिब २ घण्टा चलेको छलफलमा वर्तमान समसामयिक राजनीतिक परिस्थतिका बारेमा छलफलका साथै कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेको भन्दै चिन्ता जनाइएको बताइएको छ । आगामी दिनमा सबै वामपन्थीबीच वाम एकताको सम्भावनाको बारेमा पनि छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।