Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा एक करोड रुपैयाँ लागतमा ‘मंगला इन्द्रेणी पार्क’ निर्माण भएको छ। मंगला गाउँपालिका–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालय समेतको लागतमा बहुउद्देश्यीय पार्क निर्माण गरिएको हो। आइतबार पार्कको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले गरेका हुन्। आर्थिक वर्ष २०७५/०७६ मा शुरु गरिएको पार्कको निर्माण कार्य सकिएपछि औपचारिक रुपमा खुला गरिएको हो।

पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ। गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताए। पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ।

शारीरिक व्यायामका लागि ‘रनिङ स्पट‘ बनाइएको छ। स्थानीय मौलिक संस्कृति र परम्परागत सामाग्रीको संरक्षणका लागि संग्राहलय समेत स्थापना गरिएको छ। पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएको हो। त्यसैगरी थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले एक लाख र मंगला युवा क्लबले २ लाख आर्थिक सहयोग गरेका थिए। पार्क निर्माण गर्न डिभिजन वन कार्यालयले १८ लाख, गण्डकी प्रदेश सरकारबाट संग्राहलय भवन बनाउन १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलका लागि सात लाख रुपैयाँ उपलब्ध गराएका थिए।

 

तपाईको प्रतिक्रिया