Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ। सोमबार(८ फागुन) आज दिउँसो बस्नेगरी बैठक तय भएको पार्टीका महासचिव देव गुरुङले जानकारी दिए। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसहितको गठबन्धन भत्किएर फागुन १० गते पुरानै कांग्रेस सहितको गठबन्धन ब्यूँतने बताइरहेका बेला माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो। आइतबार कांग्रेसका महामन्त्री र माओवादीका दोस्रो तहका नेताहरूबीच ललितपुरमा छलफल भएको थियो। लगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेसका नेताहरु बालुवाटार पुगेका थिए।

तपाईको प्रतिक्रिया