Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – आज महाशिवरात्रि पर्वमा गौशाला क्षेत्रमा ठूला सवारीलाई प्रवेश निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार मध्यरातबाटै ठूला सवारी साधन सो क्षेत्रमा प्रवेश दिएको छैन । शुक्रबार राति १२ देखि शनिबार साँझ ६ बजेसम्म मालवाहक सवारी साधनलाई पशुपति क्षेत्रमा प्रवेश गर्न नदिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले पशुपतिमा दर्शन गर्नेहरूको चाप हेरेर पहिलो चरणमा सिनामंगल, पुरानोबानेश्वर, रातोपुल र मित्रपार्क क्षेत्रबाट सवारी डाइभर्सन गरेको छ ।

दर्शनार्थीको चाप बढेपछि चाबहिलबाट गौशालातर्फ र पुरानोबानेश्वरबाट गौशाला आउने सवारीलाई निषेध गर्ने निर्णय गरिएको छ । गौरिघाटबाट उमाकुण्ड र मित्रपार्क तिर जाने सवारीसाधन र तिलगंगाबाट गौशाला जाने सवारीलाई आवागमनमा निषेध गरिने छ । मालबाहक सवारी सधान तिनुकनेबाट सिनामंगलतिर जान पाउँदैनन् । सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्कने मार्गमा पनि सवारी चल्न नदिने गरि कार्ययोजना तयार गरिएको छ ।

जोरपाटी, बौद्धबाट आउने मालवाहक सवारी साधनलाई चुच्चेपाटीबाट चावलिह तर्फ डाइभर्सन गरिने भएको छ । रत्नपार्कबाट चल्ने बस र माइक्रोबसहरु तिलगंगा पुगेपछि सोही रुटबाट फिर्ता हुनुपर्ने छ । रत्नपार्कबाट लाजिम्पाट हुँदै साँखु जाने बस र माइक्रोबस त्यहि बाटोबाट फर्किनेगरी कार्ययोजना स्वीकृत गरिएको छ । सुन्धाराबाट बौद्ध चल्ने माईक्रोबस र टेम्पोहरु कृष्णपाउरोटी बाट नक्साल हुँदै चाबहिल गणेशस्थान निस्कनुपर्ने छ ।

जोरपाटीबाट सुन्धारा आउने माईक्रोबस र टेम्पोहरु नारायणगोपाल चोक हुँदै केशरमहलबाट चल्न पाउने छन् । जोरपाटीबाट महाराजगञ्ज जाने मालवाहक सवारीसाधनलाई चुच्चेपाटीबाट भृकुटीचोक हुँदै सुकेधारा तर्फ डाइभर्सन गरिएको छ । कोटेश्वरबाट सुकेधारा जानुपर्ने मालवाहक सवारी सातदोवाटो र कलंकी घुमेर जानुपर्ने छ । कोटेश्वरबाट पशुपति वरपर जानुपर्ने मालवाहक सवारीलाई शिवरात्रीको मेला अवधिभर तीनकुनेमा होल्ड गरिने ट्राफिक प्रहरीको भनाइ छ ।

यसैबीच शिवरात्री मेला अवधिभर पशुपति क्षेत्रमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ७ सय ट्राफिक परिचालन गर्ने भएको छ । पशुपति मन्दिर परिसरमा कमाण्ड सेन्टर तयार गरेर डिएसपीले ट्राफिक व्यवस्थापनको कमाण्ड गर्ने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया