काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले घटेको छ । बुधबार १६ अंकले घटेको नेप्से आज २१.१५ अंकले ओरालो लागेर २०७०.४१ को बिन्दुमा पुगेको छ ।
आज २५६ कम्पनीको १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ बराबरको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले घटेको छ । आज १३ वटा उपसमूहमध्ये सबै परिसूचक पनि घटेको छ । आज सानिमा लार्ज क्याप फन्डको सेयर मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ ।