Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ – पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्यमा रेकर्ड बनेको छ। सरकारले बिहीबारदेखि पेट्रोलमा २२ र डिजेलमा १७ रुपियाँ बढाएको छ । आजदेखि एक लिटर पेट्रोलको मूल्य २७२ रुपियाँ र डिजेलको मूल्य २८० रुपियाँ पुगेको छ। पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपियाँ र डिजेल ५३ रुपियाँ महँगो भएको हो । जनवरी १६ मा पेट्रोलको मूल्य २१४ रुपियाँ ८० पैसा र डिजेलको मूल्य २२७ रुपियाँ ८० पैसा थियो ।

पाकिस्तानको वित्त महाशाखाले पाकिस्तानी मुद्रा (रुपियाँ) मा आएको गिरावटको कारण पेट्रोल र डिजेलको मूल्यमा कीर्तिमानी वृद्धि भएको जनाएको छ। जियो न्यूजले जनाएअनुसार अहिले पाकिस्तानमा विदेशी मुद्राको ठूलो संकट छ । यसले आयात–निर्यातमा असर गरिरहेको छ । मुद्रास्फीति बढिरहेको छ । अन्तरार्ष्ट्रिय मुद्रा कोषले पनि उसलाई ऋण दिन कडा शर्त राखेको छ।

 

तपाईको प्रतिक्रिया