समाचार सुन्नुहोस्:
काठमाडौँ – ‘अख्तियारको प्रमुख आयुक्त हुँ’ भनेर इपिएस कोरिया शाखाका प्रमुख पुष्पराज कटवाललाई फोन गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका–५ थलीका ७२ वर्षीय रामनारायण पण्डित रहेका छन् ।
प्रहरीका अनुसार उनले मंगलबार बिहान इपिएस कोरिया शाखाका प्रमुख कटवाललाई फोन गर्दै आफ्नो भतिजी परीक्षामा पास गराउन आग्रह गरेका थिए । थप बुझ्दा त्यो नम्बर राईले प्रयोग नभएको खुल्यो ।
मंगलबार नै त्यो नम्बरबारे अनुसन्धान गर्दा पण्डित पक्राउ परेका हुन् । उनले आफ्नै घरमा बस्ने ससुरालीतर्फबाट भदैनी नाता पर्ने डोमालाई परीक्षामा उत्तीर्ण गराउन ‘अख्तियार प्रमुख हुँ’ भन्दै फोन गरेका हुन् । ललितपुर परिसरका एसपी प्रवीण पोखरेलका अनुसार पक्राउ परेका रामनारायणमाथिको कारबाही अघि बढाइएको छ ।