Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १९, २०८१
Monday, November 4, 2024

काठमाडौँ – सोमबार काठामाडौंको बालाजु क्षेत्र यातायात मजदुर र प्रहरीको रणभूमि जस्तै बन्यो । मजदुर संगठनको दाबीअनुसार फागुन ३ गतेदेखि देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने सन्दर्भमा सोमबार बसपार्कमा यातायात मजदुरले शान्तिपूर्ण कार्यक्रम गर्दा बसपार्क ब्यवस्थापनको ठेक्का लिएको ठेकेदार कम्पनी लोहोत्सेका कर्मचारी र प्रहरीले यातायात मजदुरमाथि आक्रमण गरे ।

त्यसपछि यातायात मजदुरले बालाजु क्षेत्रमा यातायात सेवा ठप्प पारे । यहीक्रममा प्रहरीसँग आन्दोलनकारीको झडप भयो । झडपले उग्ररुप लियो । आन्दोलनकारीले प्रहरी बिट जलाउनुका साथै प्रहरीको दुई वटा भ्यानमा आगजसमेत गरे ।

सोमबार साँझ बालाजु क्षेत्र तनावग्रस्त बन्यो । प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्याससमेत प्रहार गरेको थियो । उता यातायात मजदुरले महाराजगञ्ज क्षेत्रमा पनि यातायात सेवा ठप्प पारे । सार्वजनिक याताया ठप्प भएपछि सोमबार साँझ गन्तव्यमा जाने यात्रुले निकै सास्ती व्यहोर्नु परेको छ । उनीहरू पैदल हिँडेर गन्तव्यसम्म पुगेका छन् । मजदुर संगठनहरूले मंगलबार आजदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन यातायात सेवा ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया