Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १९, २०८१
Monday, November 4, 2024

काठमाडौँ – टर्कीएमा भूकम्प गएको आज एक हप्ता पुगेको छ। हालसम्म भूकम्पका कारण टर्कीए र सिरियामा गरी ३३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको द गार्डियनले उल्लेख गरेको छ। मृत्यु हुनेको संख्या दोब्बर हुन सक्ने अधिकारीहरुले चेतावनी दिएका छन्। टर्कीए सरकारले भूकम्पमा भत्किएका भवन बनाउने १०० भन्दा बढी ठेकेदारहरुलाई पक्राउ गरिसकेको छ।

गत सोमवारको ७.८ र ७.६ म्याग्निच्युडको भूकम्पमा ध्वस्त भएका वा गम्भीर रूपमा क्षति भएका हजारौं भवन निर्माणसँग जोडिएका ठेकेदार, आर्किटेक्ट र इन्जिनियरहरूसहित कम्तीमा १२ जनालाई हिरासतमा राखिएको सरकारी मिडियाले जनाएको छ। दशक भन्दा लामो युद्धबाट दयनीय बनेको छिमेकी राष्ट्र सिरियाको उत्तर-पश्चिमी क्षेत्रको अवस्था अझ गम्भीर हुँदै गएको संयुक्त राष्ट्र संघले बताएको छ। अत्यावश्यक रहेका स्थानमा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदाय असफल भएकोप्रति पनि राष्ट्र संघले खेद प्रकट गरेको छ।

उत्तर-पश्चिमी सिरियाका लागि न्यानो कपडा तथा अत्यावश्यक आपूर्ति बोकेका १० ट्रकहरू आइतवार टर्की हुँदै त्यहाँ पुगेको भन्दै राष्ट्र संघका राहत प्रमुख मार्टिन ग्रिफिथले आफ्ना घरपरिवार गुमाएका लाखौं मानिसहरूका लागि अझ धेरै सहायता आवश्यक रहेको बताए।

 

तपाईको प्रतिक्रिया