बाँचेकाहरु पनि घरबारविहीन भएका छन् भने बढ्दो चिसो र हिउँका कारण उनीहरुलाई झन् सास्ती भइरहेको छ । अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन जोखिममा छ । उनीहरू आधारभूत आवश्यकता आवास, खाद्यान्न र पिउने पानीबाट समेत वञ्चित छन् । टर्कीमा उक्त भुकम्पलाई यस शताब्दीकै ठूलो प्रकोप भनिएको छ । अहिले अन्तर्राष्ट्रिय समुदायबाट सहयोग, राहत तथा उद्धारमा सघाउ भइरहेको छ । सिरिया उसै पनि लामो गृहयुद्धले ध्वस्त छ, त्यसमाथि यो प्रकोपले अप्ठेरो थपेको छ । त्यहाँ थप मानवीय संकट या अन्य प्रकोप थपिन सक्ने चेतावनी दिइएको छ ।
तपाईको प्रतिक्रिया