काठमाडौँ – नेपाल प्रहरीमा पनि ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरिएको छ । माघ १९ मा आईजीपी धिरज प्रताप सिंहले ५३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरे । गृह मन्त्रालयबाट रवि लामिछानेको बहिर्गमन सँगै ११६ जना डिएसपीहरुको सरुवा गरिएको छ ।
११६ जना डिएसपीहरुको सरुवा गरेकै दिन आईजीपी सिंहले १३ जना डिएसपीहरुको काज सरुवा पनि गरेका छन् । सशस्त्र प्रहरी बलमा ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । श्रेष्ठसहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए ।