काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सुदूरपश्चिम सरकार के हुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भने, ‘बच्छ होला ।’ अध्यक्ष ओलीलाई पत्रकारहरूले सुदूरपश्चिम सरकार के हुन्छ भनेर प्रश्न गरेका थिए ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । तर, सत्ता गठबन्धनको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।