Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुरको बालकोट पुगेका छन् । पछिल्लो राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यक्रम छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा सुदूरपश्चिम सरकार विस्तार नहुँदै ढल्नेछ । रास्वपालाई सरकारमा सहभागी गराउने र सुदूरपश्चिम सरकारलाई जोगाउने तयारी साथ दुई नेताबीच छलफल हुन लागेको बताइएको छ । अध्यक्ष ओलीलाई भेटन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड अहिले भर्खरै बालकोट पुगेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया