Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । मधेश प्रदेशको सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीको रूपमा सुनिता यादव र राज्यमन्त्रीको रूपमा रहबर अन्सारी सरकारमा सहभागी भएका हुन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम तोकिएको छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा तीनजना मन्त्री र २० माघमा ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् हुनेछ । केन्द्रमा जसपा र माओवादीबीच वार्ता भएपछि मधेशमा माओवादी सरकारमा सहभागी भएको हो ।

 

तपाईको प्रतिक्रिया