Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार सन् २०२२ मा सबैभन्दा धेरै क्रिप्टोकरेन्सी चोरी गर्ने देशमा उत्तर कोरिया शीर्ष स्थान रहेको छ । उत्तर कोरियाले अन्य कुनै पनि वर्षको तुलनामा २०२२ मा धेरै क्रिप्टोकरेन्सी चोरेको रिपोर्टमा उल्लेख छ ।

संघले सार्वजनिक गर्न बाँकी नै रहेको यो रिपोर्ट रोयटर्सले हात पारेको हो । सोही रिपोर्टको आधारमा रोयटर्सले प्रकाशन गरेको लेखमा उत्तर कोरियाले उक्त चोरीहरू विशेषगरी विदेशी एरोस्पेस र सेक्युरिटी फोर्सहरूलाई लक्षित भएको बताइएको हो । उत्तर कोरियाले आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई आर्थिक सहयोग गर्न साइबर हमला गरेको आरोप पनि लगाइएको छ । यद्यपि उत्तर कोरियाले भने ह्याकिङ वा अन्य साइबर हमलाको आरोप अस्वीकार गर्दै आएको छ।

रिपोर्ट अनुसार उत्तर कोरियाले ६३० अर्ब डलर भन्दा बढि भर्चुअल सम्पत्ति चोरी गरेको दक्षिण कोरियाले आरोप लगाएको छ । यो रिपोर्ट चाँडै नै सार्वजनिक हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया