काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज माघ २३ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आजका लागि निर्धारण गरेकाे नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ०२ पैसा र बिक्री दर १४१ रुपैयाँ ६६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ४६ पैसा र बिक्री दर १५८ रुपैयाँ १८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको छ। यसैगरी, जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९६ पैसा र बिक्री दर १० रूपैयाँ ० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
हेर्नूहाेस् कुन देशको कति?