Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनलाई लिएर छलफल भएको छ। शनिबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संघीय संसद्‌मा भएका प्रतिपक्षी दलहरूको नेताको उपस्थिति रहेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका विषयमा छलफल भएको लोसपा संसदीय दलका नेता महन्थ ठाकुरले जानकारी दिए। राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ। त्यसका लागि आइतबार उम्मेदवारी मनोनयन र सोमबार निर्वाचन हुँदैछ। ‘त्यस विषयमा थोरै सरसल्लाह र कुराकानी भएको छ’, कांग्रेसका मुख्य सचेतक लेखकले भने।

उनले उम्मेदवारीको विषयमा एकसरो छलफल भएको र भोलि, आइतबार बिहानसम्म आफूहरूले निर्णय गर्ने बताए।उपाध्यक्षमा उम्मेदवारी दिने विषयमा भने कांग्रेसले यसअघि नै निर्णय गरिसकेको छ।राष्ट्रिय सभाको तत्कालीन उपाध्यक्ष शशीकला दाहालको २०७८ फागुन २१ मा पदावधि सकिएपछि सो पद रिक्त रहँदै आएको छ। अहिले ५८ सदस्यीय रहेको राष्ट्रिय सभामा एमालेको १६ सिट, माओवादी केन्द्रको १५ सिट, कांग्रेसको १० सिट, एकीकृत समाजवादीको ८ सिट, जसपाको ३ सिट, लोसपाको १ सिट, राजमोको १ सिट र स्वतन्त्र एक सिट छन्।

त्यस्तै, राष्ट्रपतिबाट मनोनित ३ सिट छन्। सत्ता साझेदार दुई दल एमाले र माओवादी केन्द्र एकातिर रहेको अवस्थामा स्वतः बहुमत पुग्नेछ।

 

तपाईको प्रतिक्रिया