काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर १० रूपैयाँ १८ पैसा र बिक्री दर १० रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।