Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – सुनको भाउले बिहीबार (माघ १९ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि माघ १२ गते मात्रै सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । विश्व बजारमा सुनको माग बढिरहेको छ । विश्लेषकहरुले मूल्य अझै बढ्दै जान सक्ने भविष्यवाणीहरु गरिरहेका छन् । नेपालमा पनि सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया