Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई गए राति १२ : १० बजे विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब हुन्। यिन्त्रणमा रहेका उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार चेकजाँचका क्रममा उनी पक्राउ परेका थिए ।

 

तपाईको प्रतिक्रिया