Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गङ्गालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिकस्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको बताइन् ।

उनले गङ्गालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् । राज्यमन्त्री कार्कीले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘१५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै अब सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठुलो उद्देश्य छ ।’ उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।

तपाईको प्रतिक्रिया