काठमाडौँ – नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ १९ पैसा र बिक्री दर १३० रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०३ पैसा र बिक्री दर १४० रूपैयाँ ६७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ २३ पैसा र बिक्री दर १५८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९४ पैसा र बिक्री दर ९ रूपैयाँ ९८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
अरु देशको मुद्राको विनिमय दर हेर्नुहोस :