Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाेलाएकाे मन्त्रिपरिषद बैठक बस्दै नबसी स्थगित भएकाे छ। बिहीबार मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन बाेलाइएकाे बैठक मन्त्री व्यस्त भएकाले स्थगित गरिएकाे हाे। बैठक आज बिहान ११ बजे बस्ने भनिएकाे थियाे।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन पुगेका र अन्य मन्त्रीहरू पनि कार्यतालिका व्यस्त भएकाे बालुवाटार स्राेतले जानकारी दियाे।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गाेपनीयताकाे शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तत्काल सानाे आकारकाे मन्त्रिमण्डल गठन गरे पनि यसले पूर्णता भने पाएकाे छैन। बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको थियो।मन्त्रिपरिषद् बिना विभागीय ४ सहित ८ सदस्यीय छ।

 

तपाईको प्रतिक्रिया