Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त यादव बाराको १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेश प्रमुख मिश्रले यादवलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका छन् ।प्रदेशसभामा रहेका नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ र स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह एवम् अनिरुद्ध सिंहसहित कुल ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रदेशसभामा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पर्नेमा ६३ जनाको समर्थनमा यादवको दाबी पेश भएको थियो । सोही अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको समय दिएका थिए । सो समय अगावै दलहरुले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए ।

मुख्यमन्त्री यादवको सपथ भने बिहीबार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यादवले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया