Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – चीनले कोरोना भाइरसको प्रतिकारमा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा (भिसा) दिन रोकेको छ । दक्षिण कोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना-१९ परीक्षण नेगेटिभ हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको हो ।

सोलस्थित चिनियाँ दूतावासले अनलाइन पोस्ट गरेको संक्षिप्त सूचनाअनुसार दक्षिण कोरियाली नागरिकलाई पर्यटन वा व्यापारका लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ । सोलले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध जारी रहेन जनाएको छ ।

चीनबाट कोरिया जान चाहने यात्रीले बितेका ४८ घण्टामा कोरोना संक्रमण नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि चीनले संसारका सबै देशसँगै त्यसैअनुरूप व्यवहार गर्ने बताएको छ । विश्व स्वास्थ्य संगठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्यांक नदिएको आरोप बेइजिङमाथि लगाएको छ भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्नो भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना संक्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ ।

तपाईको प्रतिक्रिया