काठमाडौँ – यसअघि नै सारेर २८ पुसका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ । चुनावी समीक्षासहित समसामयिक विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समितिको बैठक १५ माघमा बस्ने गरी सारिएको हो ।
पार्टीभित्र विवादका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयलगत्तकै कांग्रेस केन्द्रीय समितिको बैठक सारिएको हो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बैठक सारिएको घोषणा गरिए पनि कारण भने खुलाइएको छैन ।