Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह यतिबेला इन्डोनेसियामा छन् । उनी गत मंगलबार साँझ धर्मपत्नी सबिना काफ्लेसंग त्यसतर्फ प्रस्थान गरेका हुन् ।यसैबीच, इन्डोनेसियाबाट मेयर साहको एउटा तस्बिर सामाजिक सञ्जालमार्फत बाहिरएको छ । समुद्रको यात्रा गरिरहेका बालेनसंग उनकी धर्मपत्नी काफ्ले पनि छिन् । तस्बिरमा बालेनले हाफ सर्ट, हाप पाइन्ट र स्लिपर लगाएको देखिन्छ भने बालेन पत्नी काफ्ले सेतो पहिरनमा सजिएकी छिन् । उनले ह्याट समेत सेतै रंगको लगाएकी छिन् ।

बालेन साह पारिवारिक भ्रमणमा इन्डोनेसिया पुगेका हुन् । महानगर प्रमुख भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । साहका स्वीकय सचिव भूपदेव साहका अनुसार मेयर साह करिव पाँच दिनका भ्रमणका लागि इन्डोनेसिया पुगेका हुन् । उनी पारिवारिक भ्रमणमा भएको भूपदेवले प्रस्ट पारेका छन् ।

यसैबीच, बालेन साह इन्डोनेसियामै आयोजना हुने पब्जी गेमको विश्वकप अर्थात पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजिसी) को फाइनल प्रतियोगिता अवलोकनका लागि इन्डोनेसिया पुगेको अनुमान गरिएको छ । यो फाइनल खेल हिजो शुक्रवारदेखि भोलि आइतबारसम्म (जनवरी ६–८) इन्डोनेसियाको राजधानी जाकार्तामा हुँदैछ ।

यो प्रतियोगिताको फाइनलमा नेपाल पनि पुगेको छ । नेपालको स्काइलाइट्ज गेमिङले प्रतियोगिताको फाइनलमा ग्रीन समुहबाट प्रतिस्पधा गर्दैछ । आइतबार पीएमजिसीको फाइनल सकिएपछि मेयर बालेनको समुह सोमबार फर्किन सक्ने सम्भावना छ ।

 

तपाईको प्रतिक्रिया