Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – सरकारप्रति धारणा बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। नेकपा एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। त्यसका लागि रणनीति बनाउन कांग्रेसले संसदीय दलको बैठक गर्न लागेको हो।

बैठक आज दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ। कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चयन भइसकेका छन्। यस्तै दलको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्।

संसदीय दलको बैठकअघि कांग्रेस सभापति देउवाले सत्तारुढ दलकै केही नेताहरूसँग भेटवार्ता गरेका थिए। बुधबार बिहान सत्तारुढ माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भेट गरेका देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए। माओवादी केन्द्रसहितको गठबन्धन बनाएर स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा होमिएको कांग्रेसले पुस १० गते बिहान माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न नसक्दा गठबन्धन टुटेको थियो। जसले गर्दा ऊ अचानक सत्ताबाट बाहिरिएको हो।

 

तपाईको प्रतिक्रिया