काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । तिमिल्सिना प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उक्त भेटमा राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष र १ सांसदको चुनावको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै कोरला नाकामा भन्सारका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने विषयमा पनि कुरा भएको छ । भेटमा राष्ट्रियसभाबाट पारित भएका पाँच वटा विधेयकको विषयमा पनि कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।