शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं – विश्व फुटबलका महान् खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदैछ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको भिला बेलमेरो रंगशालामा राखिएको छ ।

पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । सान्तोषको सोही मैदानमा पेलेले उत्कृष्ट समय व्यथित गरेका थिए । यस्तै उनले ब्राजिललाई तीन पटक (१९५८, १९६२ र १९७०) विश्वकप उपाधि दिलाएका थिए ।

उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताउँदै फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह गरेका छन् ।

सन् १९४० मा जन्मिएका पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । २४ घन्टाको श्रद्धाञ्जली सभापछि पेलेको अन्तिम संस्कार गरिने छ ।

तपाईको प्रतिक्रिया