काठमाडौँ – प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगर र माया राईको शपथ आज हुँदैछ । संसद सचिवालयमा दिउँसो १२ः३० बजे पद तथा गोपनीयताको शपथ कार्यक्रम तय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
सांसद दुवै जनालाई ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले एक कार्यक्रमबीच शपथ गराउने छन् । सांसद आलेको आमाको निधन भएपछि किरिया बस्नु परेर उनले यसअघि शपथ लिन सकेका थिएनन् । त्यस्तै, माया राई सुत्केरी भएपछि शपथ लिन पाएकी थिइनन् । आले नेकपा (एकीकृत समाजवादी) र राई नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य हुन् ।