काठमाडौँ – नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्न आज पोलिटब्युरो बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए ।
यसअघि शनिवार र आइतबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने र नजाने बारे टुङ्गो नलगाएपछि पोलिटब्युरो बस्न थालेको हो । यस अघि बसेको स्थायी कमिटी बैठकमा तीन प्रकारका धारणा सार्वजनिक भएका छन् । जसमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारमा नजाने प्रस्ट कुरा गरेका छन् ।
पार्टी अध्यक्षसमेत रहेका माधव कुमार नेपालको टोली पर्ख र हेरको अवस्थामा छ भने मुकुन्द न्यौपानेको टोली सरकार वामपन्थी भएको भन्दै सहभागी हुनु पर्ने बताउँदै आएको छ । आज बस्ने पोलिटब्युरो बैठकले पार्टी भित्र विभाजित भएका आवाजहरूलाई एकीकृत गरेर निष्कर्षमा पुग्ने नेताहरू बताउँछन् ।