काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउल खेल्नेले रेडकार्ड पाउने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेललगायत सबै क्षेत्रमा अनुशासनको आवश्यकता औँल्याए । फउल गरे राजनीतिमा समेत ‘रेड कार्ड’ दिनुपर्ने उनको भनाइ छ ।
अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने उनले उल्लेख गरे । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफूले सरकारसँग आग्रह गर्ने उनले । नयाँ खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने उनले बताए ।