Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले यो सातामा तोलामा ११ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो सातामा ११ सय रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख १४ सय रुपैयाँ कायम भएको हो । साताको पहिलो कारोबार दिन आइतबार एकै दिन २०० रुपैयाँले सुनको मूल्य बढेको थियो ।यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २०० र बुधबार ४०० ले बढेको थियो ।

जुन विहीबार पुनः २०० ले घटेको थियो भने शुक्रबार एकैदिन ५०० रुपैयाँले बढेको थियो । पछिल्लो समय सुनको मूल्य उकालो लागिरहेको छ । यस्तै, यो साता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ रहेको जानकारी दिएको थियो । जुन यो साता बढेर तोलामा १३ सय ९५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया