काठमाडौं – नेपालमा कोरोना सङ्क्रमण फैलिन नदिन देशका विभिन्न नाकामा कडाइ गरिएको छ । भारतबाट नेपाल आउने यात्रुमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको हो ।
केही दिनअघि नेपालगञ्जस्थित जमुनाहा नाकाबाट नेपाल आउदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि परीक्षणमा कडाइ गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
कोरोना संक्रमण कम भएपछि गएको असोजबाट जमुनाहा नाकामा चेकजाँच रोकिएको थियो । तर छिमेकी देश भारतमा संक्रमणको मात्रा बढेपछि अहिले नेपालमा कोरोनाको परिक्षण पुनः सुरु गरिएको छ ।