Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेको जानकारी गराउनु भएको थियो । नरेन्द्र मोदीले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम… । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’

तपाईको प्रतिक्रिया