काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनबिच भेट भएको छ । थम्पसनले मंगलबार खुमलटारस्थित दाहाल निवास पुगेर भेटेका हुन् । भेटमा दुई देशको सम्बन्ध, नेपालको पछिल्लो राजनीति अवस्था, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा कुराकानी भएको दाहालको सचिवालय स्रोतले जनाएको छ ।
थम्पसनले प्रचण्डसँगको भेटमा निर्वाचन सम्पन्न भइसकेपछि अब बन्ने सत्ता समीकरणका विषयमा पनि चासो राखेका थिए । दाहालले अमेरिका र अमेरिकी जनताले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए ।