काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ। प्रचण्ड नेतृत्वको सरकारले पार्टीका मुख्य एजेन्डा समावेश गरे सरकारमा जाने पार्टीले निर्णय गरेको हो।बुधबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागिताबारे छलफल हुँदा अधिकांश नेताहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए।
सरकारमा पुगेर मात्रै पार्टीका एजेण्डा कार्यान्वयनमा लैजानुपर्ने निर्वाचित सांसदहरुको जोड थियो। पराजित नेताहरुले भने प्रतिपक्षमै बस्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ।