काठमाडौँ – नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७३ पैसा र बिक्री दर १४१ रूपैयाँ ३७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३२ पैसा र बिक्री दर १६० रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ८७ पैसा र बिक्री दर ९ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।