काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पहिलो औपचारिक बैठक बसेको हो ।
पूर्ण मन्त्रिपरिषद्को आकार बन्न बाँकी रहेकोले यो पहिलो बैठक परिचयात्मक बैठकमात्र राखिएको बताइएको छ ।