Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारी निवास छाड्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको दावी गर्ने अन्तिम समय आइतबारसम्मलाई तोकेकोमा काँग्रेसले निर्वाचन अघिको समझदारीलाई मनन् नगरेको भन्दै माओवादी एमालेसहितको ७ दलसँग गठबन्धन भएकाे थियो । उक्त गठबन्धनले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न सहमति दिएसँग प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

देउवाले आजै बेलुकासम्ममा वालुवाटार छोड्ने तयरी भइरहेको स्रोतले जनाएको छ । उता देउवाको बुढानीलकण्ठस्थित निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको पनि बताइएको छ ।

 

तपाईको प्रतिक्रिया