Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – सभापति शेरबहादुर देउवाको अडान र असक्षमताका कारण पार्टीले केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार गुमाउने अवस्था आएको भन्दै राजीनामाको माग उठेको छ ।नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।’

तपाईको प्रतिक्रिया