काठमाडौं – बिहान ११ बजे संघीय संसद भवनमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथअघि नै गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरिएको छ।
अपरान्ह ४ बजे प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन्। ११ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने भएको छ। यस्तै माओवादी केन्द्रको पदाधिकारी बैठक पनि बस्दै छ। अन्तिम समयमा नयाँ गठबन्धन बनेकाले नयाँ सरकारका लागि प्रधानमन्त्रीबाहेक अन्य पदमा बाँटफाँट गरिएको छैन। आज बस्नै बैठकले उक्त निर्णय गर्ने बताइएको छ। गठबन्धनको बैठक अघि एमालेको आन्तरिक बैठक पनि बस्दैछ।