Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा वधाई दिएका हुन् । मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्– ‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक वधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’ यसैबीच, प्रधानमन्त्री दाहाललाई काठमाडौंस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट वधाइ दिइएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार काठमाडौंस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत वधाई दिएका हुन् । दुबै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएकोमा वधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई वधाइ’ भनिएको छ ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आज सोमबार ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।

 

तपाईको प्रतिक्रिया