Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौ – मंसिर ४ गते भएको निर्वाचनवाट निर्वाचित भएका दुई सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन आग्रह गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले पत्र लेखेको छ।

महोत्तरी १ वाट निर्वाचित एमाले सांसद लक्ष्मी महत्तो कोइरी र मनाङ्गबाट निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरुङलाई निलम्बित सांसदको रुपमा राख्न उनीहरुले आग्रह गरेका हुन्। कांग्रेस सांसद टेकबहादुर गुरुङमाथि भ्रष्टाचार मुद्दा विचाराधीन छ। उनीविरुद्ध भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार भएको मुद्दा अख्तियारले दायर गरेको थियो।

यस्तै एमाले सांसद कोइरीलाई मधेश आन्दोलनका क्रममा हत्यामा संलग्न रहेको आरोप छ। उनी फरार पनि हुँदै आएका थिए्र। महतो ०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहाय निरीक्षक (असई) थमन विकको हत्यामा संलग्न भएको अभियोग छ।

आरोपित महोत्तरी–१ बाट निर्वाचित कोइरी प्रहरीको फरार सूचीमा भएकाले सांसदको रुपमा काम गर्न नपाउने कुराको जानकारी प्रहरीले संसद् सचिवालयलाई गराएको हो।आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त जघन्य अपराधमा संलग्न भएको र हालसम्म फरार रहेकाले उनलाई प्रहरीले पक्राउ गर्ने कुरा पत्रमा उल्लेख छ।

संसद् सचिवालयले बिहीबार उनीहरु दुवैलाई शपथ गराएको थियो। शपथ लिएको भए पनि उनीहरुले संसद् भवन बानेश्वर प्रवेश गरेर सांसदको रुपमा काम गर्न नपाउने भएका छन्। अख्तियार र प्रहरीको पत्र प्राप्त भएकाले उनीहरुलाई निलम्बनमा राख्ने संसद् सचिवालयको तयारी छ।

 

तपाईको प्रतिक्रिया