काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। राष्ट्र बैंकले निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ३९ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५६ पैसा र बिक्री दर १६० रुपैयाँ २८ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९७ पैसा र बिक्री दर १० रूपैयाँ २ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।