Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – झण्डै सात महिनासम्म भारतमा बिजुली बिक्री गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले एक सातादेखि भारतबाट पुनः बिजुली खरिद गर्न थालेको छ । चिसो मौसम बढेसँगै विद्युतको माग उच्च भएको तथा हिउँ जम्दा नदीमा पानीको बहाब घटेसँगै विद्युत् उत्पादन घटेकाले माग व्यवस्थापन गर्न भारतबाट दैनिक औसत १७० मेगावाट विद्युत् खरिद गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरण स्रोतका अनुसार मंसिर २९ गतेबाट प्राधिकरणले विद्युत् खरिद गर्न शुरू गरेको हो । पहिलो दिन १३८ मेगावाट विद्युत् आयात गरेको प्राधिकरणले पुस १ गते १३४ मेगावाट, पुस २ गते ९६ मेगावाट, पुस ३ गते १२१ दशमलव ५ मेगावाट र पुस ४ गते २३९ दशमलव ५५ मेगावाट बिजुली आयात गरेको छ।जाडोको समयमा नेपालमा विद्युतको उच्च माग हुने गरेको छ ।

अहिलेसम्म उच्चतम् माग १५८५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणका विद्युत् गृह, प्राधिकरण माताहतका विद्युत् गृह र निजी क्षेत्रका विद्युत् गृहबाट गरी १ हजार मेगावाटको हाराहारीमा मात्रै आन्तरिक उत्पादनबाट विद्युत् आपूर्ति भइरहेको छ । अहिले औसत विद्युत्को माग साढे १३ सय मेगावाट रहेकाले अपुग बिजुली भारतबाट खरिद गर्नुपर्ने अवस्था रहेको छ । वर्षातमा नेपालमा करिब २२ सय मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । अहिले उत्पादन आधा घटेकाले भारतबाट किन्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया