काठमाडौँ – आजका लागि सर्वदलीय बैठक बोलाइएको छ । सांसदहरूको शपथअघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई दिउँसो १२ बजे सर्वदलीय बैठकमा बोलाइएको हो ।
बैठकमा १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ । सो बैठकमा शपथसम्बन्धी कार्यक्रमको जानकारी गराइनेछ ।सांसदको शपथ समय दिउँसो १ बजे तोकिएको छ । सांसदलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले शपथ खुवाउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । शपथलगत्तै संसदको पहिलो बैठक संघीय संसद् भवनमा बस्नेछ ।